The तातो Post

The तातो Post भारतमा कोरोनाबाट एकैदिन ५९ जनाको मृत्यु, संक्रमित संख्या २४ हजार नाघ्यो वैशाख,१३:-भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

 वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे छ । शुक्रबार एकै दिन भारतमा १ हजार ४०८ नयाँ संक्रमित फेला परेका छन् । साथै ५ हजार ४९६ जना भने पूर्ण रूपमा निकाे पनि भइसकेका छन् ।

 बाँकी १८ हजार १७१ जना संक्रमित हाल उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *