The तातो Post

 काठमाडौं । मुलुक सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रता रक्षाको कठिन मोडमा आइपुगेको छ । नेपालको राजनीतिलाई अस्थिर बनाउँदै भारतले नेपालको सीमा अतिक्रमणको चरम विन्दुमा आइपुगेको छ ।
२०७२ सालमा चीनसँग भएको द्विपक्षीय सम्झौताअनुसार भारतले तिब्बतको कैलाश मानसरोवर जाने गरी नेपालको भूमि अतिक्रमण गरेर बाटो बनाएको छ । गत शुक्रबार भारतले सो बाटोको उद्घाटन गरेको छ । तर, यसबारे राजनीतिक दलका नेताहरु सबै ठाउँमा उभिएर सामना गर्नुपर्नेमा मधेशवादी नेताहरुको नामले चिनिने महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवहरु भने मौन छन् ।

आफ्नो पहिचान र अधिकारको नाममा सीमा नाका बन्द हुने गरी आन्दोलन गरेका उनीहरु अहिले मुलुकको सीमा मिचिँदा बोलेका छैनन् । संविधान सभाबाट संविधान जारी गर्दाको बखत रक्सौल–वीरगञ्जको दशगजा क्षेत्रमा पाल टाँगेर आफ्नो पहिचान र अधिकारको लागि भन्दै उनीहरुले आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलनलाई देखाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।
                

तर, मुलुकमा नाकाबन्दी हुने गरी आफ्नो अधिकार र पहिचानका लागि आन्दोलन गरेका ठाकुर, यादव, महतोलगायतका मधेशवादी दलका नेताहरुको चिनिएकाहरु अहिले भारतले नेपाली भूमि मिच्दा मौन बसेका छन् ।

२०७२ सालमा मधेश आन्दोलन गर्दा फरक फरक पार्टीबाट राजनीति गरेका नेताहरु अहिले एउटै पार्टीमा रहेका छन् । जसमा डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी पनि एकीकरण भएको छ । हालै सबै पार्टी मिलेर जनता समाजवादी पार्टी गठन गरिएको छ । डा. भट्टराईले भारतले सीमा मिचेकोबारे विरोध जनाएका छन् । तर, यसलाई दलको तर्फबाट हो वा डा. भट्टराईको व्यक्तिगत धारण हो भन्ने प्रष्ट्याएका छैनन् । साथै जनता समाजवादी पार्टीका तर्फबाट सामान्य प्रेस विज्ञप्ति भने जारी गरिएकाे छ ।

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका उपेन्द्र यादवले भारतले नेपालको लिम्पियाधुराको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा मौनता साँधेर बसेका छन् । देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डमाथि प्रहार गर्ने भारतको कदमको विरोध गर्न आँट उनीहरुले देखाउन सकेका छैनन् ।

नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव जमाउँदै आएको भारतको कदमप्रति अक्सर नेपाली राजनीतिज्ञले विरोध जनाउन सक्दैनन् । तर, मुुलुकको अस्मितामाथि प्रहार गर्ने भारत र चीनको कदमप्रति सबै राजनीतिज्ञ र जनताहरुले मिलेर सामना गर्नुपर्नेमा उनीहरुले मौनता साँधेर बसेका छन् ।

 तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *