The तातो Post


राजविराज ,१६ बैशाख । विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लामो समयको लकडाउनको फाइदा उठाउँदै यहाँका विक्रेताहरुले उपभोग समाग्रीको आफु खुशि मूल्य निर्धारण गरि बिक्रि गर्दै आएको पाइएको छ ।
सप्तरीको कुशहा, कदमाहा तथा बसानपट्टि चोकका व्यापारीहरुले उपभोग सामग्रीकोको आफु खुशि मूल्य निर्धारण गरी उपभोग्य समाग्री बिक्रि गरिरहेका छन् ।व्यपारीहरुले आफू खुशि मूल्य निर्धारण गर्दा उपभोक्ताहरु मारमा परेका छन् । व्यापारीहरुको आफू खुशि मूल्य निर्धारणले उपभोग्य सामग्री तथा तरकारी किनेर खान नसक्ने अवस्थामा पुगेको उपभोक्ता मञ्चका रामान्द गुप्ताले गुनासो पोखे
।कृषि उपज तथा उपभोग्य सामग्री बजारमा लकडाउनको पूर्व मूल्य भन्दा अहिलेको मूल्य अत्यधिक हुदासम्म प्रशासन मौन छ । बजारमा नियमित नियमन तथा अनुगमन नहुदा पसलेहरुले आफु खुशि मूल्य निर्धारण गर्ने गरेको उनले बताए ।जिल्लाको अधिकांश पसलहरुमा मुल्य सुचि राख्ने गरेको छैन ।
स्पष्ट देखिने गरी मुल्य सुचि अनिवार्य राख्नु पर्ने कानुनी व्यवस्था भएपनि सप्तरीको कुशहा, कदमाहा, कल्याणपुर तथा सिरहाको प्रमुख बजारहरु लहान,गोलबजार, मिर्चैया, लगायतका ठाउँहरुमा सञ्चालनमा रहेका अधिकांश किराना पसलहरुमा मुल्यसुचि राखेको पाइदैन ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का केन्द्रिय सदस्य तथा नेपाल बिजुली, पेन्टर, प्लम्बर, तथा निमार्ण युनियन महासंघ ( क्युपेक नेपाल ) का प्रदेश– २ का इञ्चार्ज रामकृष्ण चौधरीले अहिलेको कठिन परस्थीतिमा व्यापारी र उपभोक्ता दुवैलाई क्षति हुन नदिने गरी उपभोग्य सामग्री बिक्रि गर्न उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *