the तातो Post

 । महोत्तरीको भंगहा नगरपालिका-७ स्थित मेघनाथ गोरहनामा आज थप एक महिलाको मृत्यु भएको छ । यसैसंगै मृतकको संख्या १३ पुगेको हो ।
भंगहा नगरपालिका-७ निवासी ७० वर्षीया गर्भु महतोको आज म‌ंगलवार करीब १ बजेतिर मृत्यु भएको मेघनाथ गोरहन्ना स्वास्थय चौकीका चिकित्सक विजय साहले जानकारी दिए । उनका अनुसार महतोको मृत्यु पनि श्वासप्रश्वासमा समस्या भएर भएको छ ।
यस सन्दर्भमा भंगहा नगरपालिकाका मेयर संजिब साहले उक्त महिलालाई पहिलादेखी नै दममा रोगको समस्या रहेको जनाउँदै उनले अनुसन्धान गर्न स्वास्थ्यकर्मीहरुसँग अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *