The तातो Post काठमाडौं वैशाख ४ प्रदेश नं २ को राजधानी जनकपुर धाम मा रेल्वे स्टेशन स्थित रहेको मासुपसल अझै दिनको १२ घण्टा खुला रहेको साथै स्थानीय प्रहरी लगायत नेता हरु चुपो लगाएर बसेका छन्।



विश्व महामारी को रूपमा तिब्र रूपमा फैली रहेको कोरोना भाइरस नेपाल मा पनि पहिलाको भन्दा कोरोना संक्रमित बढेको र नेपालमा कोरोना भाइरस दोस्रो चरण मा पुगेका कारण नेपाल सरकार बाट लकडाउन मा कडाइ गर्ने र लकडाउन लम्बियाउने भएको छ । धनुषा को जनकपुरमा जति लकडाउन कडा गरे पनि जनकपुर को रेल्वे स्टेशन नजिकै सिता/ मीलसेरिया चोक छिर्ने बाटो को मुख मै अवस्थित मासु पसल खुलेआम दिन भरी खोल्ने गरिएको छ। 



 रेल्वे स्टेशन नजिकै रहेको प्रहरी चौकी ले स्टेशन वरिपरि का पसल तरकारी बजार लगायत अन्य होटलहरु खोल्न दिएका छैनन् भने अझै पनि प्रहरी को आँखा नजिकैको मासु पसल मा पुग्न पाएको छैन ।प्रहरी लगायत स्थानीय नेता ले पनि स्टेशन वरिपरि को पसल होटलमा चासो देखाए पनि मासुपसल मा कुनै किसिमको चासो नदेखाएको र खुलेआम लकडाउन को उलंघन गर्दै दिन भरी पसल खोलेको भने स्थानीय युवा हरुले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *