The तातो Post

The तातो Post जनकपुरधाम ,१० बैशाख। काम गर्दागर्दै मृत्यु भएका आफ्ना मजदूरलाई माटो खनेर गाड्ने धनुषाका एक जना इँटा उद्योग संचालक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका ३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदूर सुक्ता नफादको गत बैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो । 

४० बर्षीय उनको चुँडिएको विजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग संचालकले उनको पोष्टमार्टम समेत नगराई माटो खनेर गाडेको धनुषाका प्रहरी प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले बताए । यो जानकारी पाएपछि मृतकलाई गाडिएको ठाउँको उत्खनन् गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको उनले बताए ।

 मजदूरको शवलाई गाड्ने उद्योग मालिकलाई नियन्त्रणमा लिएको बताए । उद्योगका मालिक अनिफ नदाफ र अजिम मंसुरीलाई नियन्त्रणमा लिई घट्नाबारे थप अनुसन्धान शुरु गरिएको डिएसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *