The तातो Post 

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृत्यु भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पु¥याइएको थियो।

धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।

                  

 तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *