The तातो Post काठमाडौं वैशाख ४, 

काक्रो,फर्सी घिरौला जस्तो बालि मा लाग्ने रातो खपटे परिचय यो खपटेले बिशेष गरिग फर्सी बालिहरु जस्तै:काक्रो ,




फर्सी ,स्वाक्स,घिरौला,लौका आदि लहरे तरकारिहरुलाइ बढी क्षति पुराउदछ। रातो खपटे किरा बयस्क र लार्भा दुबैले असर पार्दछ।लार्भाले माटो मुनि भित्र रहेका डाठ खाइदिन्छ भने बयस्कले माथिको पातको भाग खाने गर्दछ।यो किरा प्राय गर्मी महिनामा बढी चम्कने देखिन्छ,जाडो समयमा आफैमा सशुस्त रहने र जब फागुन ,चैतको गर्मी समय सुरु हुन्छ अनि यो किरा फैलन सुरु गर्दछ।नेपालको भौगोलिक अबस्था अनुसार हेर्ने हो भने यो तराइ देखि पहाड सम्म सबै भागमा देखा पर्दछ।तराइमा तापक्रम बढ्ने भयको हुदा धेरै प्रकोप त्यो ठाउमा देखा पर्दछ।यो किरा बयस्क अबस्थामा खपेटाहरु चम्किला राता हुन्छन,अगाडि को पखेटा सुन्तला रङ्ग को शरीर ५-७ मि.मि लामो हुन्छ।बयस्क पोथी खपटेले माटोमा प्रशस्त चिस्यान भयको ,घाम नपर्ने ठाउमा पहेलो रङको लाम्चा फुल पार्दछन,अन्डा बाट सेतो हल्का पहेलो रङका र छातिमा तिनजोडा खुट्टा भयको पातला र लामा लार्भा निस्कन्छन।यो आफैमा प्युपा अबस्थामा शरिर बाहिर खोल गरायर बाहिर निस्कन सक्ने क्षमता हुन्छ। कसरि क्षति पुराउछ त? यसले पात जरा फुल फल सबै ठाउमा आक्रमण गर्दछ। सानोमा लार्भा अबस्थामा जमिन मुनि बस्ने हुदा जरा खाइदिने प्वाल गराउने,लत्रेका पातहरु खाने,कुहाउने डाठहरु लाई नस्ट गर्ने काम गर्दछ भने ठूलो बयस्क अबस्थामा बिरुवाका पात ,लहरा र फुलहरु चपायर खाइ प्वालैप्वाल बनायर क्षति पुर्याउछ।खाने बेलामा यसले अर्ध गोलाकारमा चक्का जस्तो बनायर खान्छ। जुनसुकै अबस्था र बालिको समयमा पनि यसले बिरुवालाइ क्षति पुर्यायको पाइन्छ। ब्यनस्थापन कसरी गर्ने? #खेती गर्ने तरिकामा सुधार गरेर,खेती गर्ने समय हेरफेर गरेर खपटेको प्रभाव बाट न्यून गर्न सकिन्छ। #सकेसम्म किरा अबरोधक जातको खेती प्रयोग गर्ने। #बिहानि पख हातले समात्ने तथा जालिले समाइ नष्ट गर्ने। #बाली लगाइसकेपछी जमिन गहिरो हुने गरि जोत्नुपर्दछ। #निमरिन,निमवान लगायत निममा आधारित बिषाधी हरु २ एम एल प्रतिलिटर मिसायर सात दिनको फरकमा छिट्ने। #सरिफाको पात र फलको झोल ,गाजा र गहुँतको तितेपातिको घोल आदि प्रयोग गर्ने। #यदी रासायनिक औसधि प्रयोग गर्नु परेमा मालाथियन बिषादी १-२ मि.लि प्रतिलिटर पानीको दरमा ७-७ दिनको फरकमा छर्ने। #मार्गोसोम जस्ता निममा आधारित तत्व पनि प्रयोग गर्न सकिन्छ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *