The तातो Post जनकपुर वैशाख ४,
धनुषाको औरही गाउँपालिका-६ मा राहत वितरणको नाममा लकडाउनको उल्लंघन गरिएको छ। स्थानीय माध्यमिक विद्यालयमा आज राहत वितरणको नाममा लकडाउनकै बेला ठूलो भीड जम्मा पारिएको छ।
प्रदेश सरकारले उपलब्ध गराएको रकमले राहत वितरणका क्रममा लकडाउनको ख्याल नै गरिएन। विद्यालयको गेटमा राहत लिनेहरुको ठूलो लाइन देखियो। त्यहाँ प्रहरी चौकी औरहीका प्रहरीसमेत उपस्थित थिए। तर सामाजिक दूरी कायम गरी राहत वितरण गर्न सकेन।
वडाध्यक्ष दिलिप साहले प्रदेश सरकारको मापदण्डअनुसार २०९ जनालाई मात्र राहत वितरण गर्ने भनिए पनि गाउँका सबै आएर भिड गरेको बताए। उनले भने, ‘लकडाउनको अवस्थामा भिडभाड नगर्न भने पनि गाउँका वासिन्दा मानेनन्। भीड देखेर मलाई पनि दुःख लाग्यो।’
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले यतिबेला देशलाई लकडाउन गरेको छ। यद्यपि सर्वसधारणले कतिपय स्थानमा लकडाउनको उल्लंघन गरिरहेका छन्। राहतको नाममा भिडभाड हुँदा कोरोना भाइरसको संक्रमण फैलिने खतरा बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *