The तातो post

रौतहट । लकडाउनको अवधिमा भारतको युपिबाट रौतहटमा कोइला भित्रिएको विषयमा स्थानियले बिरोध गरेका छन् । रौतहटको बृन्दावन नगरपालिका वडा नं—९ भुसहामा कोरोना संक्रमित फेला परेका कारण सो वडालाई एक ईलाका बनाएर सील गरिएको अवस्थामा शनिबार साझ करिब ४ बजेको समयमा भारतको फैजाबादबाट कोइला बोकेर आएका एक ट्रक सील गरेको एरियामा प्रबेश गरेपछि सो ट्रकलाई भुसहाका स्थानियहरुले नियन्त्रमा लिएर बिरोध गरेका हुन । सिल गरिएको एरियाका मानिस आवतजावत गर्न नपाउँने तर भारतबाट कोइला बाकेर आएका ट्रक सिल गरिएको एरियामा कसरी प्रबेश गरेको भन्दै स्थानियले प्रश्न उठाएका थिए । UP 20 AT 4209 नम्बरको ट्रकलाई सिल गरिएको ईलाकामा प्रबेश गरेको भन्दै स्थानियले ट्रक नियन्त्रमा लिएर प्रहरीको जिम्मा लगाएका छन । सो ट्रक चालकका अनुसार आफुलाई सिल गरिएको कुरा थाहा नभएको कारण प्रबेश गरेको बताएका छन । 
भुसहाका स्थानिय लकडाउन उलंघन गर्दै एक स्थानमा ३—४ सय मानिस भेला भएर सो ट्रक नियन्त्रमा लिएको थिए । नियन्त्रमा लिएको ट्रक कसरी सिल गरिएको ईलाकामा प्रबेश गरेको बिषयलाई छानविन गर्न स्थानियले प्रहरी सँग माग गरेका छन । सिल गरियको ईलाकामा भारतीय ट्रक यदि कसैले जानिजानि प्रबेश गराएको हो भने उनलाई कारवाही गर्न समेत माग स्थानियले गरेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले प्रबेश गराएकालाई छानविन गरि कारवाही गर्ने प्रतीवदता जनाएपछि स्थानियले सो ट्रक ईलाका प्रहरी कार्यालय गरुडाका जिम्मा लगाएर छाडेका छन् । ट्रक अहिले ईलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको र सिल भएको एसियामा भारतीय ट्रक कसरी प्रबेश गरेका बारेमा अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *