The तातो Post

३० वैशाख, जनकपुरधाम । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए ।

उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताए ।

प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।

लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।

  तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *