The तातो post

जनकनन्दनी गाउँपालिका को अवस्था ;वार्ड अध्यक्ष कै सरकारी मोटरसाइकल हिलो मा, पुलिस को मदतले गाडी निकाल्दै…

जनकनन्दनी गाउँपालिका वडा नं २ को वार्ड अध्यक्ष को मोटरसाइकल खजुरी को परसहा मैदान को बाटो मा फसेर पुलिस को मदत ले गाडी निकालिएको छ।

धनुषा को जनकनन्दनी गाउँपालिका मा असारे पानि ले धेरै जसो बाटोको अवस्था मान्छे समेत हिँड्न नसक्ने भएको छ।
हालसम्म गाउँपालिका को धेरै जसो बजेट बाटो निर्माण,तथा मर्मत सम्भार मा खर्च भएको तर पनि बाटो को अवस्था किसान ले धान रोप्न तयार पारेको खेत भन्दा कम देखिँदैन।

गाउँपालिका को प्रमुख तथा प्रत्येक  वार्ड का नेताहरुमा ध्यान आकर्षण होस् केही दिन पहिलै गाउँको यस्तै मेन बाटो मै गाउँपालिका को एम्बुलेन्स फसेको तथा भोलि वार्ड अध्यक्ष को सरकारी गाडी फसेको छ ।

माननीय प्रमुख हरुमा अब त थाहा भए होला हाम्रो गाउँपालिका को बाटो को बजेट के कति सही र उचित उपयोग भएको छ भने कुरा
गाउँपालिका का नेताहरुमा जानकारी गराउन चाहन्छौं तपाईहरुको सरकारी गाडी ले १/२ दिन यस्तो बाटो देखला तर हामी सर्वसाधारण जनता ले प्रतेको दिन यही हिलो बाटो भोग्नु परेको छ।

                  
                  

                   स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *