The तातो Post काठमाडौं वैशाख १३,


The तातो Post

विदेशमा रहेका ५० लाख नेपालीको वर्तमान स्थिति बारे नेपाली कांग्रेसको दृष्टिकोण ।सचेतना, राहत, उपचार र उद्धारमा तदारुकता बढाऔं ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस अर्थात कोविड १९ बाट विश्वभरी छरिएर रहेका नेपाली प्रताडित छन् यतिबेला । नेपाल देशले एकातर्फ नेपाल भित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपाल बाहिर करीब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नु छ ।

 लकडाउन भए पश्चात नेपाली कांग्रेसको यस बीचमा पदाधिकारी बैठक ३ पटक बस्यो । तिनवटै बैठकमा स्वदेशमा रहेका नेपालीका अलावा विदेशमा रहेका नेपालीहरुको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमहरु बारे छलफल भए । नेपाली जनसम्पर्क समितिहरु एवं अन्य संस्था, दुतावास र व्यक्तिहरुका माध्यमबाट प्राप्त सूचना र सुझाव एवं पार्टीको विभिन्न तहबाट नियमित सम्पर्क र संवाद मार्फत विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी देखिन्छ ।

 विदेशमा रहेका नेपालीहरु बारे नेपाली कांग्रेसका तर्फबाट नेपाल सरकार समक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटक–पटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएका छन् । मुलतः बाहिर रहेका नेपाली बारे हाम्रो ४ आग्रह छ— सचेतना, राहत, उपचार र उद्धार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *