The तातो post

 वैशाख २१ गते ।

वैदेशिक रोजगारीमा गएर कमाएका पैसा लिएर श्रीमती जब पर पुरुष संग फरार भए तब
२ सन्तानसहित श्रीमान र घरपरिवारका सदस्य चिन्तित बने ।
यो घटनाको सप्तरीको तिरहुत गाउँपालिका ४ डिमन निवासि चन्देश्वर यादवकी श्रीमती सुनिता यादवले झण्डै १० लाख रकम र गरगहना सहित फरार भएपछि अहिले सो परिवार अहिले चिन्तित बनेका हुन् ।
आफु विदेशमा हुँदा गाउँका भागवत भनिने बैजुकुमार यादवले आफ्नो श्रीमतीलाई ललार्इ फकाइ बिदेशबाट पठाएको रकम सहित घरमा रहेको गरगहना समेत लिएर फरार भएको पिडितको आरोप छ । आफु ३ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा साउदिमा हुँदा सबै पैसा श्रीमतीको नामामा पठाएको तथा म बिदेशबाट फर्केर आउँदा उक्त रकम श्रीमतीलाई ललाइ फकाइ रकम लिएर श्रीमती पर पुरुषसँग भागेपछि अहिले १ छोरा र १ छोरीसहित चन्देश्वर परिवार पिडित बनेका छन् ।
आफु बिदेशमा हुँदा मेरो श्रीमती र बैजुबीच अनैतिक सम्बन्ध रहेको तथा पटक पटक भन्दा पनि ती दुबैबीचको सम्बन्ध कायमै रहदा आफ्नो श्रीमती छोरा छोरी समेत छोडर घरमा रहेको नगद सहित गरगहना लिएर विगत १० दिनदेखि फरार भएको पिडित चन्देश्वरको आरोप छ ।
यसैबीच पिडितले आफ्नो श्रीमती र पैसा फिर्ता दिलाइदिनुहुन इलाका प्रहरी कार्यालय कन्चनपुर र प्रहरी चौकी डिमनमा समेत उजुरी उनले बताए । यसअघि उनकी श्रीमतीले आफुलाई आफ्नो पति, देवर र सासू मिलेर कुटपिट गरी घरबाट निकाला गरेको उनकी श्रीमतिले सञ्चारकर्मी समक्ष गुनासो गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *