The तातो Post

करिब ३ दशक अगाडी नेपालमा पनि बुढापाकाले ल सलह किरा आयो,सुर्य ढाकेर आयो,मध्यदिनमा नै रात पर्यो भन्ने गर्थे ,त्यो भन्दा २० गुणा ठुलो र खतरनाक सलह किराको भागेदार अहिले विश्व परिरहेको छ।

अफ्रिकाको प्रकोपको रुपमा उत्पती लियको भनियको किरा सलह अहिले सिमालिया,केन्या,तान्जेनिया गर्दै साउदी अरब (जहाँ पेनिनसुलालमा भयको ठूलो बर्षा बाट प्रजनन भयको मानिन्छ ) ,पाकिस्तान हुँदै भारतका विभिन्न राज्यहरु राजस्थान,गुजरात मा ठूलो भोकमरीको समस्या निम्ताउनको लागि यो बिस्तार भयको छ।

कोरोनाले महामारी फैलाय जस्तै सलह किराले महामारी सगै भोकमरीको महासंकट जन्माउन सक्छ,विशेष गरि गहुँ ,तोरि,कपास,मकै,मसला लगायत अन्य बालिलाइ हानी पार्ने गर्दछ। सलह फटयांग्रोको यक प्रजाती हो,यो एक किसिमको फौजी किरा भयता पनि यसको असर धेरै  मात्रामा देखियको पाइन्छ,यो समुहमा बस्ने,लामो दुरि मा उड्ने  प्रजाती यो हरिया सबै बोटबिरुवा लाई सखाप पार्दछ,करोडौं को सङ्ख्यामा हुने यो छोटो समयमा पात डाठ गरेर सबै बिरुवा खाइदिन सक्छ ,

दिनप्रतिदिन जलबायु परिवर्तन हुँदै जानू ,जलस्रोतका मुहानहरु सुख्खा हुनु,बनजङल फडानी हुनु,हास,माकुरा,छेपारो ,सर्प जस्ता यसको सत्रुजिबको नष्ट हुनु नै यसको उत्पति र बिस्तार मानियको छ।

सयुक्त राष्ट्र संघको कृषि तथा खाध संगठनले यसलाइ सलह ( locust) किराको नाम दियको छ। संगठनका अनुसार यसले दिनमा २ ग्राम भन्दा बढी खाने,१ बर्ग कि मि मा ८-१० करोड संख्यामा हुने र ३५००० मानिसलाइ पुग्ने खाधान्न नष्ट गर्न्र गर्दछ

एक दिनमा करिब १००-१३५ कि मि टाढा उड्ने किरा हेर्दा पहेलो फटयांग्रो जस्तो,सानो सिङ भयको अमेरिकी फौजी किरा भन्दा खतरनाक र महासकट निम्ताउने सम्भावना रहेको छ। बिरुवाका पातहरु खायर हागा र बोक्रा समेत सखाप पार्ने सलह रातमा आराम गर्न दिनमा देखा पर्ने र बिस्तार हुने गर्दछ। बिज्ञहरु भन्छन अमेजनमा बर्षा बिहिनमा रुपान्तरण हुनु,जैविक बिबिधता नष्ट हुनु ले अहिले यसको संख्या ८ ह्जार times बढेको छ।

१० दिन देखि बाट नै अन्डा बाट बच्चा ,१ देखि ३ महिनामा बयस्क र ४-५ महिना सम्म बयस्कको उमेर हुने गर्दछ ,यसले प्राय बालुवा मा अण्डा पार्दछ,सामान्यतया ३ पटक सम्म यो कार्य गर्दछ। अहिले देखा परेको ठाउमा  १० हजार भन्दा बढी हेक्टर मा बिसादी छर्कियको छ,तर त्यो कार्य कुरु क्षेत्र को लडाइ जस्तै हो। विभिन्न ड्रोन,मेसिनको प्रयोग गरियतापनि यसको नियन्त्रण भने मात्रमा हुन सकेको छैन।
यदि हामिले पनि समयमा यसको नियन्त्रण गर्न सकियन भने पक्कै पनि कृषि क्रान्ति को राष्ट्र भोकमरी मा परिणत हुन सक्छ।

नियन्त्रण का उपायहरु
क)नेपाल सरकारले प्रत्येक प्रदेशमा plant क्वारेन्टाइन र बिषादी नियन्त्रण केन्द्र संचालन मा ल्याउनु पर्दछ।
ख)अफ्रिका,साउदी ,पाकिस्तान र भारत मा फैलिएको रुटको अध्ययन अनुसन्धान गरि नियन्त्रण को उपाय अपनाउनु पर्छ ।
ग) कृषि मन्त्रालय ,कृषि कार्यलय,सम्पुर्ण कृषि संकायको एकीकृत रुपमा किरा विशेषज्ञ हरुको समन्वय समिती बनायर नियन्त्रण लाई जोड दिनु पर्छ।
घ) खेतबारिमा नियन्त्रण को लागि
-समुहलाइ हटाउनको लागि आगो बाल्ने,धुवा उडाउने,हावाको प्रभाव परिवर्तन गर्ने
-चरा,सर्प,छेपारो,भगेरा,माकुरा जस्ता जिबित शत्रुको प्रयोग गर्ने
-बोट बिरुवामा लसुन पानी प्रयोग गर्ने,पातमा पिठो दल्ने
-ULV को प्रयोग बाट बायुमण्डलमा डिस्ट्रब सिर्जना गर्ने
-विभिन्न स्रोत र साधनको प्रयोगबाट ध्वनि उत्पादन गरेर ट्राक खलबल गराइदिने
-रासायनिक रुपमा-डाइजिनन,फ्रीपिनिल,मालाथिन,र अफ्रिकाको जस्तै Green musle प्रयोग गर्ने।
यदि यो कुरा हामीले समयमा सोचेनौ भने कोरोना सगसगै भोकमरी ले सताउने छ,त्यसैले बेलामा नै सचेत बनौं ।
जय कृषि ,जय देश
सुजन सापकोटा
कृषि बिद्यार्थी ,कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय

सम्पूर्ण मा जानकारीको लागि पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरौं

                  
                  

               स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *