The तातो Post

The तातो Post काठमाडौं, १८ बैशाख । प्रहरीले साइबर अपराध गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठकलाई पक्राउ गरेको छ ।

उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको भन्दै पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।


झापा स्थायी घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो । पाठकको कसूरबारे प्रहरीमा जानकारी भने आइपुग्न बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *