The तातो Post

 काठमाडौँ — घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जानसमेत नमानिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् ।

अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।

 तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *