The तातो Post वैशाख २६,

भारतका रेलमन्त्री पियुष गोयलका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् ।
औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार, सबै मजदुरहरु औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरुलाई औरंगाबादबाट रेल पाइन्छ भनेर सुनाइएको थियो । रात परेपछि उनीहरु रेलको लिगमा नै सुतेका थिए । रेल आउँदा उनीहरु सुतिरहेको कारण उनीहरुले भाग्ने मौका पाएनन् ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरु लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् ।
रेलमन्त्री गोयलका अनुसार, चालकले मजदुरहरु लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरुलाई बचाउन भने सकेनन् । मृत्यु हुने सबै मध्य प्रदेशका नागरिक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *