The तातो Post काठमाडौं वैशाख १४,


यसैबीच नेपालमा हालसम्म १२ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विराटनगरमा ३०, वीरगन्जमा पाँच, धनगढीमा एक र भरतपुरमा एक गरी ३७ जना सामान्य अवस्थामा उपचाररत हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नौ हजार ६६६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिनुभयो ।

 यस्तै आरडीटीबाट ३९ हजार ६७० जनाको परीक्षण भएको छ । उहाँले क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेको बताउनुभयो । प्रवक्ता देवकोटाले तीन जना काठमाडौँ र ८४ जना बाहिर गरी ८७ जना आइसोलेसनमा रहेको बताउनुभयो । हालसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *