The तातो post

नेपालगञ्ज, वैशाख २१ गते ।
नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ७५ पुगेको छ । आजै थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै भेरी अस्पताल स्राेतका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
थप संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको स्राेतले जानकारी दिए ।
यसअघि आजै नेपालगञ्जमा ९ र बारामा एक जना कोरोना संक्रमित भेटिएका थिए ।
बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन् । बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ ।
संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ ।
वैशाख १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा एक जना ६० वर्षीय पुरुषमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियाे ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खाेजी गरी स्वाब परीक्षण गर्दा नयाँ संक्रमितहरु फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *