The तातो Post जनकपुरधाम, वैशाख १ गते ।

आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते। अर्थात् वि.स. २०७६ साल पूरा भएर वि.स. २०७७ सुरु भएको छ ।

तराई मधेशमा नयाँ वर्षको स्वागतमा अाजको दिनलाई सतुवाइन पनि भन्ने गरिन्छ । अर्थात अाज बदाम, गहुँ अादिको सातु बनाएर खाने मिथिलाञ्चल लगायत तराई मधेशमा चलन रहेको छ ।

प्रत्येक  नव वर्षको वैशाख  १ गते सतु ग्रहण गरी सतुवाइन र वैशाख २ गते अाफुभन्दा ठुलाले शिरमा पानीले जुराउदै अाशिर्वाद दिने चलन छ ।

यस्तै जुड शितलमा रुखविरुवा र खेतबारीमा मल हल्दै पानी सिंचित गरिन्छ भने  भात, दाल, तरकारी, करही, बरी तरवा अादि मिठो पकवान बनाएर भोजन ग्रहण गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *