The तातो Post वीरगंज वैशाख १
वीरगन्ज महानगरपालिका २ छपकैया क्षेत्रलाई सिल गरिएको छ । तीनजान कोरोना संक्रमित भेटिएको उक्त क्षेत्र
स्थानीय प्रशासनले अाइतबार  साँझ ५ बजेदेखि छपकैया क्षेत्र सिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सुरक्षा समितिको बैठकले उक्त क्षेत्र सिल गरेको र तीनैजना संक्रमितको सम्पर्कमा अाएकाहरुको खोजी कार्य थालिएको ललितकुमार बस्नेतले जानकारी दिए ।

‘संक्रमितको सम्पर्कमा अाएकाहरुखको खोजि कार्य थालिएको छ ।  उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षा काम सुरु गरिएको छ’, उनले टुडेपाटीसंग भने ‘ सिल गरिएको क्षेत्रमा सुरक्षा समितिको निर्णय अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचाल गरिएको छ ।’

छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका २१ जनाको स्वाब परीक्षण गर्दा त्यस मध्येका ३ जनालाई कोरोन संक्रमण भएको अाइतबार सरकारले पुष्टि गरेको छ । उनीहरुको स्वाब हेटौडाको स्वास्थ्य प्रयोगशाला र पुनः परीक्षण काठमाडौं स्थित टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गरिएको थियो । तीनैजना भारतीय नागरिक छन् ।
छपकैयामा तीनजना संक्रमित भेटिएपछि प्रदेश २ सरकारले  सो क्षेत्र सिल गरेर तिनीहरुको सम्पर्कमा अाएकाहरुलाई खोजविन गरि परीक्षण गर्न स्थानीय प्रशासनलाई अाइतबार दिउँसो निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *