The तातो Post 

धनुषा जटहीनाकामा एक युवकको मृत्यु भएको छ । बुधबार बिहान साढे ७ बजे धनुषाका सहिदनगर नगरपालिका घर भएका विरेन्द्र यादवको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनी भोकभोकै ६ दिनदेखि हिडेर घरा आइरहेको र पछि उनीसहित झण्डै १ सय ५० जना मानिसलाई ट्रकमा राखेर मंगलबार बिहान करिब ३ बजे जटही बोर्डरमा छोडेका थिए । उनीहरुलाई बुधबार बिहान शसस्त्र प्रहरीले चाउचाउ र च्युरा खान दिएका थिए ।

सीमामा खटिएका सशस्त्र प्रहरीले बिहान उनीहरुलाई चाउचाउ चिउरा खान दिएको थियो । ती युवकले पनि चाउचाउ च्युरा खाएपछि बान्ता भएको र उपचारको लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको छ । युवकको मृत्यु भएपछि नाकामा तनाव र प्रदर्शन भएको छ । ्
भारतको विभिन्न ठाउँबाट आएका दुईसयभन्दा बढी नेपाली नागरिकले नाकामा प्रदर्शन गर्दै आ आफ्नो घर हिडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *