The तातो Post

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। मृत्यु हुनुअघि नै ती युवकको स्वाब परीक्षणका लागि भेरी अञ्चल अस्पताल लगिएको थियो।

अस्पतालमा परीक्षण गर्दा मृतक युवक कोरोना संक्रमित रहेको थाहा भएको थियो। भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. प्रकाश थापाले बताए। ‘उनको रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भने, ‘यसबारे अरु विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्नेछ।

                  
                  

     तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *