The तातो Post

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार  बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो। 

साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तुका छन्। उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो।

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका  अनुसार नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ। ‘पहिलो पटक देशमा स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ’, प्रवक्ता देवकोटाले भने, ‘यो विश्वव्यापी महामारी स्थिति हो। यो असामान्य परिस्थिति हो।’     
             

उनले सबै स्वास्थ्यकर्मीलाई सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गरेका छन्। ‘हामी सबैले मिलेर काम गरेमात्र कोरोनामा सफलता मिल्ने छ। । स्वास्थ्यकर्मीको प्रमुख दायित्व सेवा दिनु हो। अग्रपक्तिमा रहेर जुद्धने व्यक्ति लिडर तपाईंहरु नै हुनुहुन्छ। व्यक्तिगत सुरक्षालाई ध्यान दिन अनुरोध गर्दछौँ। सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गर्दछौँ।’

प्रवक्ता देवकोटाले अहिले व्यक्तिगत सुरक्षा सामग्री प्रशस्त रहेको भन्दै सुरक्षा अपनाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका हुन्। उनले स्वास्थ्यकर्मीको सम्पर्कमा आएका र उनका सहयोगीसँगै परिवार र आफन्तको तत्काल परीक्षण हुनेसमेत प्रष्ट पारे। 

  तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *