The तातो Post वैशाख ३०,

 बीरगन्जमा आज राति ८ बजेदेखि कर्फ्यू लगाइने भएको छ ।

पर्सा जिल्लामा ६४ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आज रातिदेखि कर्फ्यू लगाइने त्यहाँको स्थानिय पत्रिका प्रहार दैनिकले जनाएको छ ।

कर्फयु कुन कुन समयमा खोल्ने भन्नेबारेमा विस्तृत जानकारी प्राप्त भैरहेको छैन । यसबारेमा हाम्रा सम्बाददाताहरुले थप जानकारी ल्याउने कोशिस गरिरहेका छन् ।

केही समयपछि हामी थप जानकारी अपडेट गर्नेछौं ।

आज साँझमा थप १७ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । आज मात्र ७४ जना नयाँ संक्रमित फेला परेका हुन् । यो नेपालको लागि नयाँ रेकड हो । यसअगाडी यति ठूलो संख्यामा संक्रमितहरु फेला परेका थिएनन् ।                                 

नोट : तल राखिएको यो तालिका जम्मा संक्रमित १ सय ९१ जना हुँदाको हो । नयाँ सक्रमितको जिल्ला सहित केहीबेरमा यो तालिका अपडेट गरिने जानकारी गराइन्छ ।

जिल्लागत संक्रमितको विवरण
जिल्ला कुल संक्रमित निको भएका
जम्मा १९१ ३३
पर्सा ६४
उदयपुर ३२ १४
कपिलवस्तु २९
बाँके २४
रुपन्देही १६
काठमाडौं
कैलाली
बारा
रौतहट
चितवन
झापा
बाग्लुङ
कञ्चनपुर
धनुषा
बर्दिया
भोजपुर
सप्तरी

तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *