कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार राति करिब १ बजे कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार दिउँसो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, […]

दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुको सरकारलाई सुझाव

काठमाडौं, २० साउन । कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि थप बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कम्तीमा पनि दुई साता लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुले सुझाव दिएका हुन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले सुझाव लिने मात्रै नभई […]

नेकपाका नेताले कोरोनालाई गम्भिर ढंगले लिएनन्ः प्रधानमन्त्री

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही, जनताप्रति […]

गाई काटेर भाग लगाउँदै गरेका चारजना पक्राउ

म्याग्दी, २० साउन । म्याग्दीको सदरमुकाम बेनीमा गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् । रातको समयमा गाउँमा गाई काटेर सदरमुकाम बेनीको कालिपुलमा ल्याउँदै गरेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका-६ अर्थुङेका ४८ वर्षीय बिरबहादुर किसान, बेनपा-८ खैरेनीका ६३ बर्षिया चन्द्रे दर्जी, मालिका गाउँपालिका-५ घरभई कालिपुल बस्ने ३५ वर्षीय हिरा रसाईली र बागलुङको […]

दुई चिकित्सकसहित वीरगन्जमा ३४ जना संक्रमित थपिए

वीरगन्जमा जिल्लाका ३१, बाराका २ र सुर्खेतका १ जना गरी ३४ जना कोरोना संक्रमित थपिएका छन्। ३४ मध्ये ४ जना महिला र बाँकी सबै ३० पुरुष हुन।नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा भएको पछिल्लो परीक्षणमा संक्रमित हुने हरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। संक्रमित चार जना महिलाहरु १६,२६,२८ […]

क्वारेन्टिनका सुरक्षाकर्मीले गरे आत्महत्या

२० साउन, रूपन्देही ।रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टिनका सुरक्षागार्डले आत्महत्या गरेका छन् । मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । २४ वर्षीय बस्याल वडा नं ५ मितेरी टोलका बासिन्दा हुन् । उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह […]

एक हप्ताका लागि जनकपुरधाम निषेधाज्ञा, उल्लंघन गर्नेलाई कारबाही हुने

२० साउन जनकपुरधाम उपमहानगरपालिकामा आजदेखि एक हप्ताका लागि प्रतिबन्ध आदेश जारी गरिएको छ। मुख्य जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने कि सब-मेट्रोपोलिटन क्षेत्रमा कोरोनाको जोखिम बढ्दै जाँदा कडाइ कडा गरिएको छ। भट्टराईले भने कि कोरोना संक्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण र यसको प्रसारलाई रोकथाम गर्न स्थानीय प्रशासन ऐनको धारा अन्तर्गत नेपाल राजपत्रमा तोकिएको आवश्यक सेवा बाहेक […]

कोरोना संक्रमणबाट दक्षिण अफ्रिकामा पहिलो पटक नेपालीको मृत्यु

२० साउन, काठमाडौं ।कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ३४ बर्षीय उनको सोमबार मृत्यु भएको बताइएको छ । केही समय अघिबाट उनी दक्षिण अफ्रिकाको जोहान्सबर्गमामा सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका थिए । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट सम्भवत पहिलो नेपालीको ज्यान गएको गैरआवासीय […]

बाढीले पुल जोखिममा : सडक अवरुद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति

पाँचथर, २० साउन । अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । […]

नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो

काठमाडौं, ३ साउन । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिए । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै […]